डा. गोविन्दबहादुर थापा
२०५० सालयताका हरेक बर्षको जेठ ३ गते नेपालीहरुले एउटा होनहार व्यक्तित्वलाई झलझली स्मरण गर्दछन् । र, त्यो व्यक्तित्व अरु कोही नभएर मदन भण्डारी हुन् । मदन भण्डारी नेपाली राजनीतिको खुला रंगमञ्चमा उदाएको वा सार्वजनिक भएको धेरै समय भएको थिएन । यो २०४७-४८ सालतिरको कुरा हो । उनका २-४ वटा सार्वजनिक भाषण मात्रले नै उनलाई चर्चित बनाएको थियो । मानिसहरुले उनलाई प्रत्यक्षरुपमा देखेका हँुदैनथे तर उनको बारेमा सुनेकै भरमा चर्चा गर्ने गर्दथे । एक हिसाबले त्यतिखेरका दिनहरुमा मदन भण्डारीको नाम धेरै नेपालीको जिब्रोमा झुण्डिएको नाम थियो । टँुडिखेलको खुलामञ्चमा उनले धुवाँधार भाषण दिन थालेपछि मात्र मानिसहरुले उनलाई खुलारूपमा देख्न पाएका थिए । धेरैपछिसम्म पार्टीमा (माले) उनको हैसियत प्रवक्ताका रुपमा बाहिर आएको थियो । चर्चाको उभौलीमा फड्को मार्दै गर्दा निकैपछि मात्र उनी माले पार्टीका महासचिव नै हुन् भन्ने कुरा सार्वजनिक भएको थियो ।
वास्तवमा पार्टी र पार्टीको सरकारले जबजलाई आत्मसात गरेर त्यसको मर्मअनुसार काम गर्न सकेको भए छोटो समयमा नै देशको कायापलट हुन सक्दथ्यो । अरु बेलामा जबज रट्ने तर सरकारमा जाँदा मन्त्रीको मनोगत ढंगले काम गर्र्ने परम्परा बसेकोले सरकारको काम कारवाही प्रभावकारी र अपेक्षाअनुसार हुन नसकेको हो । तर पनि जबजको महत्व र उपयुक्तता अहिले पनि उत्तिकै छ । माओवादीसँगको पार्टी एकीकरणपछि जबजको उपयुक्तता र सान्दर्भिकताको सम्बन्धमा चर्चा हुन थालेको छ । हिजो जबजको सम्बन्धमा ‘फूलस्टप र कमा’ समेत परिवर्तन हुन सक्दैन भनेर अडान लिनेहरुबाट नै अहिले आएर एकाएक जबज गीता वा वाइवलजस्तो जडसूत्र होइन भन्ने सुनिन थालेको छ । हेर्दै जाउँ, अझ अरु के–के देख्न र सुन्न पाइन्छ ।
उनको बारेमा बुझिएको र केही मात्रामा अनुभवसमेत गरिएको कुरा के थियो भने मदन भण्डारीमा पार्टी चलाउने सही दृष्टिकोण थियो । उनले कसैको पनि गुणदोषको आधारमा मूल्यांकन गर्ने र क्षमताको आधारमा कामको जिम्मेवारी दिने गर्दथे । उनको सकेसम्म सबैलाई समेट्ने र पार्टीलाई ठूलो र शक्तिशाली बनाउनेबाहेक अरु कुनै उद्देश्य नभएको कुरा उनको व्यवहार, कार्यशैली र गतिबिधिबाट प्रष्ट हुन्थ्यो । उनमा कुनै बडप्पन र आडम्बरको आग्रह (कम्प्लेक्स) पटक्कै थिएन । उनी पार्टीका तलदेखि माथिसम्म सबैका लागि शितल छहारी थिए । उनको वाकपटुताले मानिसहरुलाई यसरी मन्त्रमुग्ध पार्दथ्यो कि कसैले पनि उनको भाषण सकेसम्म छुटाउन चाहँदैनथे । कतिपय उच्च तहका कांग्रेसी नेताहरु पनि उनको भाषण सुन्न खुलामञ्च वरपर पुग्थे । त्यसले गर्दा छोटो समयमा नै उनको लोकप्रियता यसरी बढेको थियो कि उनको भाषण सुनेर फर्कने मानिसहरु हप्तौँसम्म त्यसको चर्चा गरेर थाक्दैनथे । उनको भाषण यति तर्कसंगत र प्रभावकारी हुन्थ्यो कि त्यो सुनेर विरोधी पार्टीका मानिसहरु पनि ‘त्यो त हो’ नभनी रहन सक्दैनथे । उनका तर्कपूर्ण भाषणबाट नै सयौँ हजारौं बुद्धिजीवी तथा समाजका अगुवाहरु माले (एमाले)तर्फ आकर्षित भएका थिए । उनको भाषण सुन्न कर्मचारीहरु (म समेत) कुनै पनि बेला कार्यालय छोडेर कार्यक्रमस्थल पुग्दथे । मदन भण्डारीको भाषण छ भनेपछि मानिसहरु लुँडो लाएर ओहिरिन्थे । उनका भाषणका क्यासेटहरु खरिद गर्न मानिसहरु हारालुछ गर्दथे । र, गाउँ शहरमा उनका भाषणका टेप बजेको सुनिन्थ्यो ।
उनका भाषणको प्रमुख बिशेषता के हुन्थ्यो भने उनले समसामयिक राजनीतिक अन्योल र विवादका बारेमा तार्किक हिसाबले विश्लेषण गर्दथे र देश र जनताको निमित्त उपयुक्त कुरा के हो भन्ने कुरा आकर्षक ढंगले प्रस्तुत गर्दथे, जसमा सबैको चित्त बुझ्दथ्यो र त्यो नै अन्तत्वगत्वा सम्बन्धित बिषयमा पार्टीको दृष्टिकोण हुन्थ्यो । २०४७÷४८ जनआन्दोलनबाट पञ्चायत ढलेको र नयाँ लोकतान्त्रिक संविधान बन्दै गरेको समय थियो । त्यसैले संविधान निर्माणको क्रममा अनेक थरिका विवाद सार्वजनिक हुन्थे । कहिले दरबार र लोकतान्त्रिक दलहरुका बीच तानातान हुन्थ्यो, कहिले नेपाली कांगे्रस र वाम मोर्चाबीच पनि रस्साकसी चलिरहन्थ्यो । अन्तरिम सरकारलाई संविधान निर्माण गर्ने र त्यसअन्तर्गत आम निर्वाचन गर्नको निमित्त एक वर्षको समय दिइएको थियो । त्यसैले देशमा घनिभूत रुपमा चर्को राजनीतिक सरगर्मी थियो । देशमा हरबखत के होला, कसो होलाको कौतुहलपूर्ण परिस्थिति थियो । कहिलेकहीँ त वातावरण तनावपूर्ण पनि हुने गर्दथ्यो । त्यस्तो परिस्थितिमा मदन भण्डारीको भाषण हुन्थ्यो र उनले आफ्नो भाषणमार्फत राजनीतिक बृत्तभित्र कस्तो खिचडी पाकिरहेको छ भन्नेबारेमा छर्लङ्ग हुने गरी जनसमक्ष राख्दथे र हुनुपर्ने के हो भन्ने सम्बन्धमा पनि पर्याप्त प्रकाश पार्दथे । त्यो सुनेपछि मानिसका मनमा भएका आशंका, त्रास र अन्योल छर्लङ्ग हुन्थ्यो र सबैको मन हलुङ्गो हुन्थ्यो । त्यसपछि मानिसहरु केही समयसम्म शान्तसँग सुत्न सक्दथे ।
नेपाली राजनीतिमा मदन भण्डारीको सबैभन्दा महत्वपूर्ण योगदान नेपालको कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण बाटोमा लैजानु हो भन्ने मलाई लाग्दछ । यसमा धेरैको बिमति नहुन सक्दछ । साथै नेपालको समग्र राजनीतिलाई अधिकतम रुपमा जनपक्षीय पार्ने कुरामा पनि उनको महत्वपूर्ण योगदान थियो । ठीक त्यतिबेला शक्तिशाली र पहिलो समाजवादी मुलुक सोभियतसंघको बिघटन भई विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको समय थियो । विश्वमा गैरकम्युनिष्ट शक्तिहरु हाबी हुन थालेको स्थिति थियो । चारैतिर कम्युनिष्टहरु प्रतिरक्षात्मक अवस्थामा पुगेका थिए । कम्युनिष्टहरुको लागि त्यस्तो अप्ठ्यारो परिस्थितिमा उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी कम्युनिष्टहरुले शान्तिपूर्ण बाटोबाट पनि सक्रियता, श्रेष्ठता र पहलकदमीको माध्यमबाट विपन्न, उत्पीडित, शोषित र सिमान्तकृत जनता, समुदाय र क्षेत्रको मुक्ति हासिल गर्न सकिन्छ भन्ने बाटो देखाए । वास्तवमा जबज नेपालको सन्दर्भमा मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनको सन्दर्भमा पनि उत्तिकै उपयुक्त, सान्दर्भिक र प्रभावकारी मार्गदर्शन हो । त्यसै आधारमा नै नेपालमा कम्युनिष्टहरु जनताका प्रिय र शक्तिशाली हुँदै आए । तत्कालीन माओवादीहरु दश वर्षपछि हिंसात्मक बाटो छोडेर शान्ति प्रक्रियामा आउनुले पनि जबजको सच्चाइलाई पुष्टि गरेको छ ।
एक वर्षभित्रै नयाँ संविधान निर्माण गरी त्यसको आधारमा आम निर्वाचन गर्न सफल अन्तरिम सरकारका लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र काठमाडाँै महानगरपालिकाका पूर्वमेयर हरिबोल भट्टराईलाई दुई निर्वाचन क्षेत्रमा लोकतन्त्र पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभाको निर्वाचनमा पराजित गरेपछि मदन भण्डारीको लोकप्रियता शिखरमा पुगेको थियो । यो उनको देशभक्ति, अधिकतम् रुपमा जनपक्षीय दृष्टिकोण, वैचारिक स्पष्टता, सबैलाई समेट्ने उदात्त कार्यशैली र चमत्कारिक वाकपटुताले जनतामा पारेको अमिट प्रभावको परिणाम थियो । त्यो चुनावको परिणाम आएपछि अमेरिकाबाट प्रकाशित हुने प्रसिद्ध अंगे्रजी साप्ताहिक पत्रिका न्यूजविकले ‘कार्लमाक्र्स सर्भाइभ्स इन नेपाल’ शीर्षक दिएर मदन भण्डारीको अन्तर्वार्ता छापेको थियो ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय तरिकामा भएको जिप दुर्घटनामा उनको र पार्टीको संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएपछि तत्कालीन राजा वीरेन्द्रले एक सच्चा देशभक्तको देहावसान भएको भनेर समवेदना सन्देश जारी गरेका थिए । सामान्य जनताको छोरा नेताको मृत्युमा तत्कालीन राजाले समवेदना दिएको त्यो पहिलो घटना थियो । यस्तो थियो मदन भण्डारीको चमत्कारिक व्यक्तित्व ।
त्यसपछिको एमाले जबजलाई नै मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढ्यो र यहाँसम्म आइपुग्यो । त्यसैको प्रभावस्वरुप २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले देशको सबैभन्दा ठूलो पार्टी भयो र मनमोहन अधिकारीको नेतृत्वमा पहिलो जननिर्वाचित कम्युनिष्ट सरकार बन्यो । यसले के सिद्ध गर्दछ भने असल, देशभक्त, जनमुखी र इमान्दार नेता हुने हो भने जनता जुनसुकै पार्टीलाई पनि दिल खोलेर समर्थन गर्दछन् । वास्तवमा पार्टी र पार्टीको सरकारले जबजलाई आत्मसात गरेर त्यसको मर्मअनुसार काम गर्न सकेको भए छोटो समयमा नै देशको कायापलट हुन सक्दथ्यो । अरु बेलामा जबज रट्ने तर सरकारमा जाँदा मन्त्रीको मनोगत ढंगले काम गर्र्ने परम्परा बसेकोले सरकारको काम कारवाही प्रभावकारी र अपेक्षाअनुसार हुन नसकेको हो । तर पनि जबजको महत्व र उपयुक्तता अहिले पनि उत्तिकै छ । माओवादीसँगको पार्टी एकीकरणपछि जबजको उपयुक्तता र सान्दर्भिकताको सम्बन्धमा चर्चा हुन थालेको छ । हिजो जबजको सम्बन्धमा ‘फूलस्टप र कमा’ समेत परिवर्तन हुन सक्दैन भनेर अडान लिनेहरुबाट नै अहिले आएर एकाएक जबज गीता वा वाइवलजस्तो जडसूत्र होइन भन्ने सुनिन थालेको छ । हेर्दै जाउँ, अझ अरु के–के देख्न र सुन्न पाइन्छ ।
यसरी मदन भण्डारी उत्कृष्ट नेता हुनुहुन्थ्यो । उहाँको उत्कृष्टताले स्वदेशी बिदेशी विरोधीहरुको निद हरेको थियो । त्यसैले षड्यन्त्रपूर्वक जीप दुर्घटनाको माध्यमबाट उहाँको हत्या गरियो । यसरी उहाँको उत्कष्टता नै उहाँको शत्रु भयो । सक्रियता, पहलकदमी र काममा श्रेष्टता जवजका आत्मा हुन् । पछिल्लो कालमा यी तीन वटै कुरामा कमजोरीहरु देखिएका छन् । काममा अपेक्षित सक्रियता देखिएको छैन, जरुरी र महत्वपूर्ण कामको पहलकदमी पनि हुन सकिरहेको छैन र गरिएका काममा पनि श्रेष्ठता देखिएको छैन । यी कुरालाई प्रभावकारी बनाउने हो भने जज अहिलेको सन्दर्भमा पर्याप्त छ ।