Logo
Logo

कांग्रेसको उम्मेदवारी विश्लेषणः पुराना समूह तितरबितर, नयाँ समूहको उदय


2.1k
Shares

काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनमा देखिएको चुनावी समिकरण अहिले १४ औं महाधिवेशनको उम्मेदवारी दर्तासम्म आइपुग्दा तितरबितर भएको छ । चुनावी प्रतिस्पर्धामा आ–आफ्नो जितका लागि नेताहरूले समूह अदलबदल गरेका छन् भने केही नेता नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएका छन् ।

गत महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका तीनवटा समूह बनेका थिए । शनिबार उम्मेदवारी दर्ता गर्दासम्म ती सबै समूहमा औपचारिक फुट देखिएको छ ।

देउवाबाट निधि अलग
देउवालाई ३६ वर्षदेखि साथ दिँदै आएका विमलेन्द्र निधि अहिले फरक कित्तामा उभिएर सभापतिमा देउवासँगै भिड्न आइपुगेका छन् । निधि कुनै समय देउवाका विश्वासपात्र थिए । कांग्रेसबाट विभाजन भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउँदा निधिले देउवालाई साथ दिएका थिए ।

पार्टीभित्र आफ्ना बुबा महेन्द्रनारायण निधिको विरासत बोकेर अघि बढेका निधि शनिबारबाट भने आफ्नो छुट्टै अतित्व रहेको देखाउन सभापतिमा उम्मेदवारी दिएका छन् । उनले आफ्नो पक्षबाट दिव्येश्वरी शाहलाई उपसभापति र महामन्त्रीमा राजाराम कार्कीलाई उठाएका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्