Logo
Logo

महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको बराबरी


63
Shares

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी भएका छन् ।

ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो । राबरीसँगै नेपाल र बङ्गलादेशले समान एकरएक अङ्क जोडेका छन् । अब नेपालले दोस्रो खेलमा बुधवार श्रीलङ्कासँग खेल्ने छ । यस्तै भुटानसँग डिसेम्बर १७ र भारतसँग डिसेम्बर १९ मा खेल्नेछ ।

हिजो भएको खेलमा भुटानले श्रीलङ्कालाई ५–० ले हराएको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । फाइनलमा पुग्ने शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्बर २१ मा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्