Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थपियो


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय डेढ घण्टा थप गरिएको छ । निर्वाचन समितिले आइतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरेको थियो । यसलाई थपेर १२ः३० बजेसम्म पुर्याइएको छ ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन् । साढे १२ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्