Logo
Logo

अमेरिकाको केन्टकीमा आपतकाल घोषणा


1.3k
Shares

काठमाडौैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त क्षेत्रमा उनले आपत्कालीन आदेश जारी गरेका हुन् ।

उक्त आदेशले स्थानीय जनसंख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ ।

शुक्रबार दक्षिण पश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्