Logo
Logo

‘म सभापतिमा हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्’


4.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको १४ औं माहादिवेशनमा आफूलाई जसरी पनि जिताउन कार्यकर्तालाई आग्रह गरेका छन् ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले सभापतिमा हारे प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गरेका हुन् ।

उनले भने ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उनले भने,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’

प्रतिक्रिया दिनुहोस्