Logo
Logo

विश्व प्रसिद्ध यूटीएमबी दौडमा नेपालकी सुनमाया बुढाले जितिन् उपाधि


945
Shares

काठमाडौं । थाइल्यान्डमा सञ्चालित विश्व प्रसिद्ध दौड प्रतियोगिता ‘यूटीएमबी अल्ट्रा टैल रेस इन्थानोन–५’मा महिलातर्फ नेपालकी सुनमाया बुढाले उपाधि जितेका छन् ।

शनिबारदेखि सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत बुढाले विश्वका चर्चित महिला धावकहरूलाई पछि पार्दै ११० किलोमिटर लामो निर्धारित दूरी १४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पार गरेर पहिलो स्थान हासिल गरेकी ।

यस्तै महिलातर्फ नेपालकै मीरा राई दोस्रो भएकी छन् । उनले १७ घण्टा ५४ मिनट १ सेकेन्डमा बुढाभन्दा २ घण्टा १८ मिनेट ४७ सेकेन्डले पछि हुँदै दोस्रो स्थान हासिल गरेकी हुन् ।

यूटीएमबीअन्तर्गतको अल्ट्रा ट्रैल रेस विश्वकै प्रसिद्ध दौड प्रतियोगितामध्ये एक हो । जुन थाइल्यान्डको उत्तर पश्चिममा अवस्थित सबैभन्दा अग्लो हिमाल डोई इन्थानोन आसापास आयोजना गरिन्छ । सुन्दर नदी, लुकेका झरना, शाही चिहानहरू पार गर्दै र स्थानीय मानिसहरूसँग साक्षात्कार गर्दै दौड पूरा गरिन्छ । दौडको समय सीमा ३० घण्टा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्