Logo
Logo

दुई जना मृत अवस्थामा भेटियो


378
Shares

ताप्लेजुङ । मरिङदेन गाउँपालिका-४ लिङ्तेप बस्ने ७२ वर्षीय धन प्रसाद हाङगाम लिम्बु मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार गैरी टोलस्थित बारीमा शनिबार मृत अवस्थामा भेटिएका हुन् । मंसिर १८ गते आफ्नै घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेका उनको खोजी गर्ने क्रममा उक्त बारीमा शव फेला परेको प्रहरीले जानकारी दिएका छन् ।

अछाम, मंगलसेन नगरपालिका-११ खेमडा बस्ने कृष्ण भण्डारीकी छोरी १६ वर्षीया सिर्जना भण्डारी सोही नगरपालिका-१० मोसेडीस्थित पुरी जंगलमा शनिबार मृत अवस्थामा भेटिएका हुन् ।

मंसिर २१ गते घरबाट हराई बेपत्ता भएका उनको उक्त जगंलमा शव भेटिएको हो । नुवाकोट, बिदुर नगरपालिका-७ बस्ने ५० वर्षीय सन्त बहादुर गुरुङ सोही ठाउँस्थित त्रिशुली नदीको किनारमा शनिबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यसकनरे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्