Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

सभापतिका उम्मेदवार शेखरको २९ बुँदे संकल्प पत्र सार्वजनिक


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले ‘नयाँ युगको नयाँ कांग्रेस’को नारासहित ३९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् ।

आइतबार ३९ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै कोइरालाले ‘नेपाल पक्कै ब्युझिँन्छ जय नेपालको नाराले, कांग्रेस पक्कै जाग्दछ युवाको आवाजले’ भन्दै सभापतिमा आफ्नो उम्मेदवारीको कारणसमेत खुलाएका छन् ।

‘आज नेपाली जनतासँग सर्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न नागरिक हुनुको गर्व छ भने त्यसको जग निर्माणमा हाम्रा ती अग्रज नेताहरुको त्याग र संघर्षलाई स्मरण गर्दै हाम्रा अग्रज नेताहरुको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरुको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा ‘एक कार्यकालको’ लागि मात्र उठेको छु,’ घोषणापत्रमा कोइरालाले उल्लेख गरेका छन् ।

उम्मेदवारी घोषणासँगै उनले सार्वजनिक गरेका संकल्प पत्रका बुंदाहरुमा संविधान सभामार्फत् जारी संविधानको सफल कार्यान्वयन र समयानुकूल सुधार र परिमार्जन गर्ने, काँग्रेसलाई निष्ठावान पार्टी बनाउने, पार्टीभित्रको सांगठनिक ढाँचालाई वैचारिक यात्रासँग जोड्ने कार्यलाई तीब्रता दिने, नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवादको स्पष्ट खाका तयार गर्ने, वैचारिक रुपमा अन्तर्राष्ट्रिय लोकतान्त्रिक समाजवादी राष्ट्रहरुसँग नयाँ ढंगबाट सम्बन्ध विस्तार गर्ने, लोकतान्त्रिक मूल्य अर्थात् कानूनी शासन जनताप्रति उत्तरदायी सरकार र पारदर्शी शासन पद्दतिलाई कांग्रेसको मूलमन्त्र बनाउने, सरकार र पार्टी संचालनको विधि र प्रक्रियामा लोकतन्त्रका पक्षलाई मूलमन्त्र बनाउने उल्लेख छ ।

त्यस्तै संकल्प पत्रमा देशको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानमा आँच आउने कुनै पनि देशी र विदेशी दबाब, प्रभाव र प्रलोभनलाई निरुत्साहित गर्ने र त्यस्ता कार्य गर्ने नदिन नागरिक सेचतनाको कार्यक्रमका लागि पार्टीले बहस सञ्चालन गर्ने, पार्टीलाई निरन्तर रुपमा क्रियाशील बनाउने, पार्टीका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेलाई पब्लिक फोरममा सम्बोधन गर्नेलगायतका संकल्प उनको घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्