Logo
Logo

ओलीको प्रस्तावमा उपाध्यक्षद्धय शाक्य र ज्ञवालीको आपत्ति


19.5k
Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि गरेको प्रस्तावमा पदाधिकारीहरुले आपत्ति जनाएका छन् । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा आइतबार (दोस्रो दिन) पनि केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले आपत्ति जनाएको बैठकमा सहभागी एक नेताले बताए ।

अध्यक्ष ओलीले विवादित व्यक्ति झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका साथै विद्यार्थी नेता ऐन महरसहित केही नाम प्रस्ताव गरेका थिए । ओलीले गरेको प्रस्तावमा नाम नलिई उपाध्यक्षद्धय शाक्य र ज्ञवालीले आपत्ति जनाएका हुन् ।

शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताउँदै छलफल र सल्लाह नभएको भन्दै आपत्ति जनाएकी थिइन् । ‘अध्यक्षले यसअघि नै छलफल र सल्लाह गर्नु भए सजिलो हुन्थ्यो, छलफल भएन । मूल्यांकनको परिपाटी हिजो थियो नि’ शाक्यको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

अर्का उपाध्यक्ष ज्ञवालीले पनि ओलीको प्रस्तावमा आपत्ति जनाएका छन् । उनले भने, ‘एउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना गर्छ । १९ जनाको पदाधिकारी टिमले सल्लाह गरौँ । दिनरात छलफल गरौं । छलफल गरिएन, सामूहिक नेतृत्वमा पार्टी चलाउ मेरो यही अनुरोध छ’ ज्ञवालीले भने ।

ओलीको प्रस्तावित नाममा केही विद्यार्थी राजनीति गरिरहेका नेताहरू समेत परेका छन् । तिनको नामलाई लिएर नेतृत्वबाट सही मूल्यांकन नभएको भन्दै विरोध भएको हो ।

ओलीले प्रस्ताव गरेका नामावली यस्तो छः

प्रस्तावमा परेका नेताहरूमध्ये दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, लालबाबु पण्डित, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, विषमलाल दनुवार, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चपाईं, नैनकला ओझा, मञ्जु गुरुङ, गीता कार्की, सुनिता यादवसहितलाई केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्