Logo
Logo

उच्च अङ्कले घट्यो नेप्से परिसूचक


1.9k
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ ।

आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ । यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ ।

साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको हो । बजारले ‘बियरिस टे«ण्ड’ समातेको भन्दै यस्तो बेला नआत्तिइकन लगानी गर्न जानकारहरूले सुझाव दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ८८ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ३६१ दशमलव २७ अङ्कमा झरेको छ । यो पछिल्ला दिन मध्येको सबैभन्दा न्यून बिन्दु हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव १५ अङ्कले आरोलो लागेर ४५० दशमलव ०८ अङ्कमा ओर्लिएको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेर तल्लो बिन्दुमा झरेको छ । नेप्सेका अनुसार बैंकिङ ४४ दशमलव ५३, व्यापार १८९ दशमलव २५, होटल तथा पर्यटन ८७ दशमलव २६, विकास बैंक २८१ दशमलव ७९, जलविद्युत् १२४ दशमलव ९६, वित्त १०० दशमलव २७, निर्जीवन बीमा ४९० दशमलव १२, उत्पादन १८६ दशमलव ६८, अन्य ६३ दशमलव ०४, लघुवित्त १७५ दशमलव ६३, जीवन बीमा ५०७ दशमलव ६१, सामूहिक लगानी कोष ० दशमलव २ र लगानी ३ दशमलव १५ अङ्कले ओरालो लागेका छन् ।

कारोबारका आधारमा मञ्जश्री फाइनान्स शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ३१ करोड २८ लाख ८३ हजार १९१ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १३ करोड ६३ लाख ७९ हजार ८६७, नबिल बैंक रु ११ करोड ५९ लाख ५२२, महालक्ष्मी विकास बैंक रु आठ करोड २६ लाख १२ हजार ४५३ र अपि पावर कम्पनी रु सात करोड ४ लाख ८३ हजार ८८० बराबरको कारोबार भयो ।

युनिलिभर नेपाल २, स्वाभिमान लघुवित्त २, नारायणी डेभलपमेन्ट बैंक १ दशमलव ४६, गुडविल फाइनान्सको डिवेञ्चर १ दशमलव ३५ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले १ दशमलव १५ प्रतिशतले कमाए ।

नयाँ सारथी लघुवित्त १०, लक्ष्मी इक्विटी फण्ड ९ दशमलव ६२, जानकी फाइनान्स ९ दशमलव १७, नेपाल हाइड्रो डेभलपर ९ दशमलव ०५ र समता घरेलु लघुवित्तको सेयर ८ दशमलव ९६ प्रतिशतले घट्यो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १९ अर्ब ६४ करोड ९८ लाख २३ हजार ९१६ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्