Logo
Logo

ओलीको पेलानले हैरान योगेश, स्वास्थ्य तथा जनसंख्या विभागमा थन्किए


45.9k
Shares

काठमाडौं । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई छोडेर पार्टीमै रहने निर्णयमा पुगेका योगेश भट्टराई अध्यक्ष केपी शर्मा ओलीको निरन्तर पेलानमा पर्दै आएका छन् ।

नवौं महाधिवेशनबाट सचिव निर्वाचित भएपछि पार्टीको प्रचार विभाग प्रमुख हुँदै प्रवक्ता बनेका भट्टराई १०औं महाधिवेशनबाट बल्लतल्ल सचिव त निर्वाचित भए तर विभागी जिम्मेवारी भने स्वास्थ्य तथा जनसंख्या प्रमुख मात्र पाएका छन् । जुन विभागको खासै अर्थ हुँदैन ।

अघिल्लो पटक योगेशले पाएको जिम्मेवारी ओलीनिकट सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाएका छन् । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले गुरुङलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको छ । एमालेमा प्रचार विभाग प्रमुखलाई महत्वपूर्ण विभाग मानिन्छ । प्रचार विभाग प्रमुख नै पार्टीको प्रवक्ता हुने व्यवस्था छ ।

बैठकमा भट्टराईले पुरानौ जिम्मेवारी पाउनुपर्ने माग गरेको भए पनि ओलीले विगतमा नेतृत्वविरुद्ध लागेको भन्दै प्रचार विभाग प्रमुख दिन नमानेपछि स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा चित्त बुझाउनु परेको हो ।

पार्टी विभाजनको क्रममा एमालेमै रहने निर्णयमा पुगेपछि पनि भट्टराईले पुरानै जिम्मेवारी पाउनुपर्ने माग राख्दै आएका थिए । तर, उनको जिम्मेवारी तत्कालीन अर्का सचिव प्रदीप ज्ञवालीले पाइसकेका थिए । भट्टराईले आफू नै प्रचार विभाग प्रमुख र प्रवक्ता रहेको दावी गरे पनि नवौं महाधिवेशनबाट निर्वाचित कमिटी यथावत रहँदासम्म ज्ञवालीले नै उक्त जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्