Logo
Logo

केन्द्रीय सदस्य बनाउ भन्नेको संख्या मात्रै ९ सय थियो : ओली


8.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताएका छन् ।

भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने– ‘हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौँ ।’

केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै ओलीले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको खुलासा गरे ।

पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ठ छान्ने गाह्रो भएको उनको भनाइ थियो ।

लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै उनले नेतृत्वसँग देशभरीलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने बताए ।

बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कतिपयलाई अन्याय भए पनि योभन्दा राम्रो प्रस्ताव अरु हुन नसक्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्