Logo
Logo

पुस ३ गतेदेखि विद्यालयमै बालबालिकालाई खोप


63
Shares

काठमाडौं । नेपालमा १९ लाख ६५ हजार ६ सय मात्रा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आइतवार आएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार खोप आउँदो पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका झन्डै १८ लाख बालबालिकालाई लगाइने छ ।

कोभ्याक्स सुविधा अन्तर्गत आएको यो खोप संगै नेपालमा गएको बुधवार र बिहीवार गरी ३६ लाख ५१ हजार ६ सय मात्रा मोडर्ना खोप आइसकेको छ ।

सरकारले बालबालिकालाई विद्यालयबाटै खोप लगाउने जनाएको छ । पहिलो मात्रा फाइजर खोप लगाएकाबाहेक ५७ जिल्लाका बालबालिकालाई विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

हिमाली जिल्लाका लागि एक सयभन्दा बढी विद्यार्थी भएका विद्यालय र अन्य बाँकी जिल्लामा दुई सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने तयारी रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्