Logo
Logo

ओलीको नेतृत्वमा गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल


2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय सदस्य, पोलिटब्यूरो र स्थायी कमिटीमा मनोनयन र नेताहरुको कार्यविभाजनको विषयमा असन्तुष्टि व्यक्त गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। सोमबार एमाले बैठकले केन्द्रीय सदस्य, पलिटब्यूरो र स्थायी कमिटीमा मनोनयन गरेको थियो।

रावलले ट्विट गर्दै भनेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्