Logo
Logo

नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा : अष्टलक्ष्मी


945
Shares

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नयाँ नेपाल बनाउने दायित्व एमालेको काँधमा रहेको बताएकी छन् ।

अखिल नेपाल महिला संघले सोमबार ललितपुरमा आयोजना गरेको समावेशिता सहित एक तिहाई महिला सहभागीता विषयक अन्तक्र्रियामा शाक्यले अधिकार सहितको समृद्ध नेपाल एमालेबाहेकले बनाउन नसक्ने बताइन् ।

उनले मुलुक बनाउने एमालेको अभिभारलाई पुरा गर्नका लागि पार्टी भित्रको महिला शक्ति शसक्त भएर लाग्नुपर्ने धारणा पनि राखिन् । अहिले देखिएको बेतिथी विकृतिलाई अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नुपर्ने उनको भनाइ छ ।

उनले पार्टीलाई एकतावद्ध र बिचारसहित विधियुक्त बनाउँदै समाजलाई रुपान्तरित गर्न एमालेले मुख्य भूमिका खेल्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्