काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायीलाई क्युआरकोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङको पहुँच पु¥याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलर नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए । माछापुच्छ«े बैंक पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले उद्घोषण गरेको कार्यक्रममा माछापुच्छ«े बैंक प्रदेश नं ०१ का प्रदेश प्रमुख दिपेन्द्रप्रसाद वाग्ले र दायित्व तथा बाहिय मामिला विभाग उपप्रमुख प्रतिमा पाण्डेको उपस्थितिमा स्थानीय व्यवसायीलाई क्युआरकोड र डिजिटल बैंकिङबारेमा थप जानकारी लिन सहजीकरण गरेका थिए । क्युआर कोड सेवा सुरु भएसंगै ग्राहकहरुले आफूले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।