Logo
Logo

महिला सशक्तिकरणको नेतृत्व अनेमसङ्घले लिनुपर्छ : पोखरेल


252
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले महिला सशक्तिकरण नेतृत्व अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लिनुपर्ने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको ‘एमाले १०औं राष्ट्रिय महाधिवेशनको सन्देशः समावेशितासहित एक तिहाइ महिला सहभागिता’ विषयक कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना रहेकाले महिला सङ्घले सङ्गठन विस्तारलाई ध्यान दिनुपर्ने बताए ।

‘हरेक घरमा महिला सङ्घ पुग्नुपर्दछ । महिलाका मुद्दामा महिला सङ्घभन्दा अरू छैन भन्ने अनूभूति हरेक महिलाले गर्नुपर्दछ,’ उनले भने, ‘सदस्यता विस्तार र कमिटी निर्माणतिर लाग्नुपर्दछ ।’ उनले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसभन्दा अघि नै सबै जनवर्गीय सङ्गठनको फागुन मसान्तभित्र महाधिवेशन सक्न निर्देशन दिएको बताए ।

महासचिव पोखरेलले समाजका सबै तहमा महिलालाई योग्य बनाउने सके मात्रै अनेमसङ्घको सान्दर्भिकता र सार्थकता पुष्टि हुने बताए । आर्थिक क्रियाकलापमा सहभागिमा न्यून रहेको भन्दै उनले उत्पादनमा सहभागिता, सम्पत्ति आम्दानी बनाउने जस्ता क्रियाकलापमा सहभागी गराउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्