Logo
Logo

पाँच जना आरोही माओवादीमा प्रवेश


22.6k
Shares

काठमाडौं । पाँच जना आरोही नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । सगरमाथाको आठौं पटकसम्म आरोहण गर्ने रसुवाका कामी सिङ्गी स्याङ्बा तामाङसहित पाँज जना आरोही माओवादीमा प्रवेश गरेको हो ।

उनीहरुलाई सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवास खुमलटारमा आयोजित एक कार्यक्रममा स्वागत गरे ।

माओवादी प्रवेश गर्नेमा ७ पटक सगरमाथा आरोहण गर्ने लाल बहादुर तामाङ, २ पटकसम्म सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ र नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङ रहेका छन् ।

सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरु जगतजंग, समिर, दावा मोक्तान तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्