Logo
Logo

कोरोनाको खोप लगाउन २० हजार घुस, स्वास्थ्यका दुई कर्मचारी रंगेहात पक्राउ


630
Shares


काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउन २० हजार घुस लिने दुई कर्मचारी रंगेहात फत्राउ परेका छन् । महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साह र कृष्ण कुामर यादबले त्यसरी घुस मागेका हुन् । दुवै जना रंगेहात पक्राउ परेका छन् ।


निःशुल्क रुपमा कोभिड–१९ बिरुद्धको खोप लगाइदिनुपर्नेमा उनले २० हजार मागेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा हेल्थ असिस्टेन्ट (बिद्यार्थी) कृष्णा कुमार यादवले कोभिड–१९ बिरुद्धको खोप लगाई दिई सेवाग्राहीबाट घुस लिएको अवस्थामा जनकपुर उपमहानगरपालिका– ७ नयाँ–बसपार्क, धनुषावाट पक्राउ गरेको हो । जोनसोन एण्ड जोनसोन खोपका लागि भनेर घुस लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्