काठमाडौं । व्यापारीलाई धम्काएर १५ लाख पैसा उठाउने नेपाल प्रहरीका सइ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत सइ विष्णु ढुंगाना पक्राउ परेका हुन् ।’
महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिई मुद्दा प्रक्रिया अघि बढाएको छ । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धि मुद्दामा फसाउने भन्दै धम्काएका थिए । ती व्यापारीको अवैध कारोबारबारे जानकारी पाएर उनले धम्काएर पैसा असुलेको स्रोत बताउँछ ।