Logo
Logo

देशभर चिसो बढ्यो, सतर्क रहन विभागको अनुरोध


1.3k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै राती देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्