Logo
Logo

चुनावी रेसबाट बाहिरिएका निधि र सिंहबीच टेलिफोन संवाद, अब कसलाई सघाउलान् ?


35.4k
Shares

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा पहिलो चरण नतिजाविहीन बनेको छ । अब सभापति पदका शेरबहादुर देउवार डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिका दाबेदार विमलेन्द्र निधि र प्रकाशमान सिंह भने चुनावी रेसबाट बाहिरिएका छन् । अब हुने दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुने भएको हो ।

नतिजा बाहिरिएसँगै अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र सिंहबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको छ । दुई नेताबीच कसलाई सघाउने भन्ने विषयमा निर्णय लिने कुराकानी भएको बताइएको छ ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएका छन् । दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे भने तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् । विमलेन्द्र निधिले भने २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत मात्रै पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्