Logo
Logo

कांग्रेस सभापतिका प्रतिस्पर्धी छलफलमा


4.9k
Shares

काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि दास्रो चरणको मतदानका लागि नेताहरु छलफलमा जुटेका छन् ।

आज बिहान सकिएको मतदानमा शेरबहादुर देउवाले २२५८ मत पाए पनि सभापतिमा निर्वाचित हुन ५८ मत पुगेन । अब उनी र दोस्रो धेरै मत १७४० ल्याएका शेखर कोइरालाबीच पुनः सभापतिमा प्रतिस्पर्धाका लागि मतदान हुने छ ।

दुबैको ध्यान सभापतिको उम्मेदवार रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधितिर छ । उनीहरु देउवालाई समर्थन गर्न आग्रह गर्न गृहमन्त्री बालकृष्ण खाँण नेता सिंहको निवासमा पुगिसकेका छन् ।

अर्का उम्मेदवार निधि पनि छलफलमा रहेको कांग्रेस स्रोतले बताएको छ । नेता प्रकाशमान सिंह र निधिबिच हाल छलफल भइरहेको छ । सो छलफल पछि कस्ले कस्लाई समर्थन गर्ने निधो लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्