Logo
Logo

देउवाविरुद्ध मोर्चा कस्दै संस्थापनइतर, रामचन्द्र पौडेललाई मनाउँने प्रयास


7.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न गएका छन् ।

तटस्थ बनेका पौडेललाई सभापतिमा उम्मेदवारहरुको ५१ प्रतिशत नपुगेर पुनः मतदान हुने भएपछि नेताहरु पौडेल भेट्न गएका हुन् । पाँच वर्षसम्म संस्थापनइतर समूहको नेतृत्व गरेका पौडेल पछिल्लो समय सभापतिमा संस्थापनइतरबाटै दुई जना हुने भएको भन्दै निस्क्रिय छन् ।

दोस्रो चरणको मतदानमा संस्थापनइतर समूहका डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुने भएको छ । कोइरालालाई सहयोग गर्न भन्दै नेताहरु पौडेल फकाउन जान लागेको बताइएको छ।

उनीहरुले शेरबहादुरविरुद्ध लड्ने अन्तिम समयमा पौडेलले सहयोग नगरे पार्टी कहिल्यै रुपान्तरण नहुने बताएउन्दै पौडेलको सहयोग माग्न जाने भएका हुन् । एक नेताले भने हामी अन्तिमपटक सहयोगका लागि जान्छौं, उहाँ आफ्नो स्वार्थको लागि राजनीति गर्नुहुन्छ कि समूहको लागि थाहा हुनेछ । उहाँलाई फकाएर सामूहिक विज्ञप्ति जारी गर्ने हाम्रो तयारी छौं ।

प्रतिक्रिया दिनुहोस्