Logo
Logo

एमसीसीका लागि सर्वपक्षीय सहमति आवश्यक : माओवादी


2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठकमा संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको हो ।

यस्तै माओवादीले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि निर्णय गरेको छ ।

बैठकमा सांसदहरुले एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले सर्वदलीय सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताए ।

आजको बैठकमा प्रचण्डकै नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्