Logo
Logo

कांग्रेसको जनमुखी मार्गदर्शन व्यक्तिमुखी र सत्तामुखी : पुर्वसभामुख ढुंगाना


567
Shares

काठमाडौं । पुर्वसभामुख दमननाथ ढुंगानाले नेपाली कांग्रेसको जनमुखी मार्गदर्शन व्यक्तिमुखी र सत्तामुखी बन्नपुगेको आरोप लगाएका छन् ।

नेपालमा प्रजातन्त्र स्थापना भएपछिको पहिलो प्रतिनिधिसभाका सभामुख ढुंगानाले कांग्रेसको १४औं महाधिवेशनमा आफूलाई नेताहरुले बास्ता नगरेको दुखेसो पोखे । कांग्रेसबाट उनी सभामुख भएका थिए ।

काठमाडौंको बानेश्वरमा आज एक कार्यक्रमका बीच पुर्वमन्त्री एवं सांसद हृदयेश त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी’ को घोषणा गरेका छन् । सो कार्यक्रममा सहभागी ढुंगानाले त्रिपाठी नेतृत्वको पार्टीमा संलग्न नभए पनि संरक्षकको रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.स.२०४८ सालमा पहिलोपटक देशमा निर्वाचन हुँदा कांग्रेसबाट सांसद निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख भएका वयोवृद्ध नेता ढुंगानाले कांग्रेसको चर्को रुपमा आलोचना गरेका छन् । ढुंगानाले सार्वजनिक मञ्चमै कांग्रेसका नेताहरुको क्रियाकलापप्रती दुखेसो पोखेका छन् ।

‘उता भृकुटी मण्डपतिर कांग्रेसको माहधिवेशन हुँदैछ रे, मैले त उताको बाटै बिर्सिए छु’, ढुंगानाले भने– ‘म कांग्रेस हो की होइन मलाई नै थाहा छैन् ।’

कांग्रेसमा वीपी, गणेशमानको सिद्धान्तलाई बिर्सेर सत्ता प्राप्तिको वितृष्णा मात्रै देखिएको भन्दै उनले समाजवादमा आधारीत राजनीति हराएको बताए ।

तीन दशक मधेशवादको राजनीति गरेका त्रिपाठीको राजनितिक क्षमताको बखान गर्दै उनले २०४८ देखी ०५२ सम्म संसदमा मलाई सबैभन्दा मनपर्ने र आशलाग्दो सांसद त्रिपाठीनै देखिएको ढुंगानाले बताए ।

कांग्रेसको कोर क्षेत्र मानिले मधेसलाई कांग्रेसले भोट बैंकको रुपमा मात्रै प्रयोग गरेकाले त्यहाँ विकल्पको राजनीतिक गर्न विभिन्न दलहरुको स्थापना भएको उनले बताए ।

‘कांग्रेस देशको पार्टी थियो, तर अहिले छिन्नभिन्न भएको छ’, उनले भने, ‘विकल्पको राजनीति पुर्वी मधेसमा मात्रै नभई पश्चिम मधेशमा पनी हुनुपर्छ ।’

त्रिपाठीको पार्टी घोषणा कार्यक्रममा पूर्वसभामुख ढुंगाना सहित अर्थशास्त्री रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

त्रिपाठीले आफू संयोजक रहेको पार्टीको घोषणा गरे पनि अन्य पदाधिकारी तथा सदस्यहरु गोप्य राखेका छन् । त्रिपाठीले बिभिन्न पार्टीका सांसद, नेताहरु जनता प्रगतिशील पार्टीमा आउँने भएकाले प्राविधिक कारणले पछि सार्वजनिक गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्