Logo
Logo

बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्छ : उपराष्ट्रपति पुन


315
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका छन् ।

नेपाल हस्तकला महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले व्यापार घाटा चुलिँदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएक हुन् ।

उपराष्ट्रपति पुनले स्वदेशी उत्पादनलाई माया र प्रवर्द्धन गर्नुपर्ने बताउँदै सबैले स्वदेशी उत्पादनको प्रयोग गर्न पनि आग्रह गरे । त्यस्तै उनले हस्तकला व्यवसायीहरुले गुणस्तरीय वस्तु उत्पादनमा ध्यान केन्द्रित गरी निर्यातमा जोड दिनुपर्ने पनि जिकिर गरे ।

उनले हस्तकला क्षेत्रको समस्याहरु कलाकार तथा व्यवसायीको मात्र नभई राज्यको पनि भएकाले यसलाई राज्यले गम्भिर रुपले दिने बताए ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागर सम्शेर जबरालाई सम्मान गरिएको थियो भने केहि निकासीकर्तालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्