Logo
Logo

प्रकाशमानको प्रस्टीकरण- देउवासँग कुनै पदको सम्झौता गरेको छैन


6.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई आफूले निःशर्त समर्थन गरेको बताएका छन् ।

कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका सिंह पहिलो चरणको मतदान बाहिरिएपछि दोस्रो चरणमा उनले देउवालाई समर्थन गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले देउवालाई निःशर्त समर्थन गरेको प्रस्टीकरण दिएका हुन् । उनले देउवासँग निश्चित कुनै पद लिने भन्ने सम्झौता नभएको भन्दै केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरुप्रति आपत्ति पनि जनाएका छन् ।

उनले लेखेका छन्– ‘नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निस्शर्त समर्थन गरेको हुँ । निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका कारण आफूले देउवालाई समर्थन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्