Logo
Logo

कोरोनाबाट संकटमा रहेको अर्थतन्त्र उकास्न मेघा बैंकको योगदान छ : सीइओ खुञ्जेली


819
Shares

काठमाडौं । मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुपमा खुञ्जेलीले देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले ९ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको बताएका छन् ।

बैंकको साधारणसभालाई सम्बोधन गर्दै सीइओ खुञ्जेलीले कोभिड प्रभावित देशको अर्थतन्त्र उकास्न मेगाले करिब ५ अर्ब ७४ करोड रुपैयाँ सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैयाँ पुनर्कर्जाहरु प्रवाह गरेको बताएका हुन् ।

मेगा बैंकले विभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै उने ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको उनको दावी छ ।

सम्बोधनका क्रममा सीइओ खुञ्जेलीले भने– ‘हामीले कोरोनाबाट थलिएको उद्योग–व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवर्द्धन मोडेका छौं, जसका कारण मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको छ ।’

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भइ १ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा ८ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले उपत्यका र देशका विभन्न क्षेत्रगरी २०३ शाखा कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्