Logo
Logo

म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोलले हरायो


882
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई सात गोल लगाएको छ । गएराति भएको खेलमा सिटीका लागि केभिन डि ब्रुएइनले दुई र अन्य पाँच जना खेलाडीले एक एक गोल गरे ।

सिटीले यो सिजनमा पहिलोपटक कुनै पनि टिमलाई सात गोल हानेको रेकर्ड बनाएको छ । पनि बनाएको छ । जितसँगै सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ ।

सिटीको ४१ र लिभरपुलको ३७ अंक छ । गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २–० गोलले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्