Logo
Logo

यस्तो छ आजको मौसम


630
Shares

काठमाडौं । हाल नेपालमा चिसो दिनानु दिन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको पाइन्छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५।४ डिग्री मात्र छ । धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री पुगेको छ ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५।९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्