Logo
Logo

महिला साफ च्याम्पियनसिपमा आज नेपालले श्रीलंकासँग खेल्ने


504
Shares

काठमाडौं । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप दोस्रो खेल आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५र५ गोलले पराजित भएको थियो । उपाधि दावेदार मानिएको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।

चार देश सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । सन् २०१८ मा भएको च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्