Logo
Logo

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले आज सपथ लिँदै


378
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुको शपथ ग्रहण शुक्रबार हुँदैछ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि ४४ जना केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । उनीहरूको शपथ ग्रहणपछि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्