Logo
Logo

नेपाल क्रेडिट एण्ड कमर्स बैंक २५ औं वर्षमा


441
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थपनाको २५औँ वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाइएको छ । २८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालयमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ प्वाइन्ट रगत संकलन भएको छ ।

२०७८ मंसिर २८ गते मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्षमा पार गरेको छ ।

२५औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिति थप बलियो बनाउँदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गर्दै आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरेका छन् ।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए । संचालक इमानसिंह लामा र सुमनकुमारी जोशीले शुभकामना व्यक्त गरेका थिए । बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने पाँच कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे, मंगलबहादुर बलामी र राजमान डंगोल रहेका छन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रियरुपमा सहभागी हुँदै आएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्