Logo
Logo

पदाधिकारी छनोट नगरी माओवादी केन्द्रको सुदूरपश्चिम अधिवेशन सम्पन्न


1k
Shares

सुदूरपश्चिम । धनगढीमा जारी नेकपा माओवादी केन्द्र को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ ।

प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २२३ सदस्यको नाम भने घोषणा गरेको छ । घोषित प्रदेश सदस्यमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव ,सहसचिव र कोषाध्यक्षसहितका नौ पदाधिकारी चयन गरिने सो पार्टीको प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिनुभयो ।

“प्रदेश अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेर अधिवेशन लम्बिएको भन्ने कुरा गलत हो”, उहाँले भन्नुभयो, “समावेशी प्रतिनिधि र क्लष्टर मिलाउनु परेको जस्ता प्रक्रिया अपनाउनु पर्दा थोरै लम्बिएको हो ।” प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष भण्डारी, नरेन्द्र कुवँर, मानबहादुर धामी, वीरमान चौधरी, नेपबहादुर चौधरी, हरी चौधरी, हरि ज्ञवालीलगायत नेता आकांक्षी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्