Logo
Logo

प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी अस्थिरताका सम्वाहक : ओली


1.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति तुच्छ भाषामा टिप्पणी गरेका छन् ।

फाइल फोटो

नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तुच्छ भाषामा प्रचण्ड र माधवको टिप्पणी गरेका हुन् । सम्बोधनका क्रममा ओलीले भने– ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन् ।’

अध्यक्ष ओलीले अस्थिरतामा चाहने शक्तिबीच एकताको कुनै अर्थ नरहनेसमेत बताए । सम्बोधनका क्रममा ओलीले भने– ‘कुनै भ्रम राख्नु पर्दैन र यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? तिनका कनेक्सन कहाँ छ, त्यो हामीले देखेका छौँ ।’

अध्यक्ष ओलीले माओवादीले अस्थिरता मच्चाएर लगाम आफ्नो हातमा लिनका लागि जनयुद्ध गरेको समेत आरोप लगाएका छन् । ओलीले भने– ‘त्यो जनयुद्ध नभएर अस्थिरता कायम गर्दै लगाम आफ्नो हातमा लिने र स्वार्थ पूरा गर्ने चाहनाका साथ जनयुद्ध नामको गतिविधि सुरु भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्