Logo
Logo

२०६० सालमा ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे गोप्य सहमति भएको थियो : ओली


43.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको समयमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच गोप्य सहमति भएको आरोप लगाएका छन् ।

नेकपा एमालेका मनोनति केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड–ज्ञानेन्द्रबीच गोप्य सहमित भएको र सोही सहमितको आधारमा ज्ञानेन्द्रले उधुम मच्चाएका आरोप लगाएका हुन् ।

फाइल फोटो

सम्बोधनका क्रममा ओलीले भने– ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भयो । त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले देशभर अभिनन्दन कार्यक्रम चलाए । लोकतान्त्रिक शक्तिलाई रुकुम–रोल्पामा पाइला टेक्न नदिने, नेताहरु जान नपाउने, त्यहाँ भएको नेता मारिने, ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत हुने । यो प्रचण्ड–ज्ञानेन्द्रबीचको सहमतिले सम्भव भएको थियो ।’

अध्यक्ष ओलीले प्रचण्ड–ज्ञानेन्द्रबीच भएको सहमितको बलमा प्रचण्डले प्रकृयावादी शक्तिसँग साँठगाँठ गर्दा देश त्यसको सिकार भएको र अहिले पनि देश त्यसको मारमा रहेको ओलीको आरोप थियो ।

ओलीले भने– ‘बाहिर क्रान्तिका कुरा, बाहिर राष्ट्रयताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिकृयावादीसँग साँठगाँठ । त्यसको सिकार नेपाल हुने गर्यो, हामी अहिले पनि त्यसको मार खाइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्