Logo
Logo

साफ यू-१९ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै


378
Shares

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज दिउँसो पौने तीन बजे नेपाल र श्रीलंकाबीच खेल सुरु हुँदैछ ।

पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा रहेको छ । नेपाल १ खेलबाट १ अंक मात्रजोडेर चौँथो स्थानमा छ ।

तेस्रो खेल खेल्न लागेको श्रीलंका यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । श्रीलंका अंकविहीन हुँदै पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्