Logo
Logo

‘कुन शेयर कारोबारीले चन्दा दिएन होला प्रचण्डले शेयर बजार ध्वस्त पारिदिए’


2.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेयर व्यापारीले चन्दा नदिएका रिसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेयरबजार ध्वस्त पार्ने काम गरेको आरोप लगाएका छन् ।

नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चन्दा नदिएकै कारण प्रचण्डले जनताको लगानी संकटमा पर्नेगरी शेयर बजारबारे गलत टिप्पणी गरेको आरोप लगाएका हुन् ।

सम्बोधनका क्रममा ओलीले भने– ‘कुन शेयर कारोबारीले चन्दा दिएन होला, ए त्यसो भए लजा भनेर ठोकिदिए । यसले चन्दा नदिने ध्वस्त बनाइदिन्छु भनेर न रहे बाँस, नरहे बाँसुरी लजा भन्दै बोलिदिए । दुई दिनमा शेयर बजार धरासायी भयो । त्यसले जनताको जीवनमा कति असर हुन्छ । लगानी कर्ताहरुको अवस्था कस्तो हुन्छ रु तिनिहरुको आर्थिक स्थिति कस्तो हुन्छ रु केही पनि मतलव छैन ।’

साम्राज्यवाद कसरी बन्छ भन्ने सन्दर्भमा लेनिनभन्दा पनि जान्ने भएको भन्दै प्रचण्डले शेयर बजारबारे गरेको टिप्पणीबारे पनि ओलीले विमति जनाएका छन् ।

ओलीले भने– ‘प्रचण्डले शेयर बजारका बारेमा बडा क्रान्तिकारी साम्राज्यवाद विकास भयो भने शेयर बजार हुन्छ रे १ साम्रज्यवादको विकसित रुपचाहिँ लेनिले भन्दा पनि अलिकति बढ्तै जान्ने भए । पुँजीवाद बिकास भएर साम्राज्यवाद बन्छ भनेर लेनिनले भनेका थिए । त्योभन्दा माथी गएर साम्राज्यवाद बिकास हुन्छ र शेयर बजारमा जान्छ भनेर प्रचण्डले एउटा नयाँ थेसिस ठोकिदिए ।’

प्रतिक्रिया दिनुहोस्