Logo
Logo

एमाले केन्द्रीय सदस्यको सपथ खाएपछि प्रसाइँले भने, ‘एक स्टेप चढियो’


6k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि दुर्गा प्रसाइँ खुसीले गदगद् भएका छन् ।

चितवनमा हालै सम्पन्न एमालेको १०औँं महाधिवेशनको बन्दसत्रमा बिच्किए हिँडेका विवादित प्रसाइँलाई अध्यक्ष ओलीको सिफारिसमा केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । उनले बुधबार केन्द्रीय सदस्यको सपथसमेत लिइसकेका छन् ।

एमालेले पहिलो केन्द्रीय कमिटी बैठकबाटै केन्द्रीय सदस्यमा मनोनीत भएका प्रसाइँले शपथ लिएपछि पार्टीमा एक खुड्किलो माथि टेक्न सफल भएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

शपथग्रहण ग्रहण गरेपछि उनले हाँस्दै भने, ‘आजबाट एक स्टेप चढियो ।’ खुसी भावमा उनी आफूभन्दा सिनियर नेताहरूको नजिक गएर बधाई थाप्न व्यस्त भएका थिए ।

प्रसाईंले पदको जिम्मेवारी बहन गर्दा नेपाली जनता, राष्ट्र, पार्टी र क्रान्तिको हितमा निरन्तर क्रियाशील र समर्पित रहने शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्