Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

आज उपसभापति पदको मात्र मतगणना हुने


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुने भएको छ ।

पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए ।

सोमबार सम्पन्न निर्वाचन अन्तर्गत सभापतिको मतगणना गरिएको थियो । सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि पर्याप्त ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि मंगलबार पुनः मतदान भएको थियो र मतदानमा शेरबहादुर देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका थिए ।

सोही दिन निर्वाचन भएको पदाधिकारी र केन्द्रीय सदस्यहरुको भने मत गणना गरिएको थिएन । दुई जना उपसभाका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्