Logo
Logo

सिलवाललाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश


1.3k
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले तत्कालीन सदस्य सचिव सिलवाललाइृ बर्खास्त गरेको थियो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको पालामा सिलवाल दोस्रोपटक सदस्यसचिव नियुक्त भएका थिए । उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिव नियुक्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्