Logo
Logo

शेखरलाई गगन थापाको सुझाव- अब ‘भागशान्ति’ खोज्ने होइन


5.4k
Shares

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले सभापति पदमा पराजित भएका डा शेखर कोइरालालाई पार्टीमा ‘भागशान्ति’ नखोज्न सुझाव दिएका छन् ।

डा कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याएको भए पनि त्यो मतको आधारमा भागबण्डा नखोज्न सुझाव दिएका हुन् । उने भने, ‘पार्टीभित्र थिति बस्यो भने त्यो भाग आफै आउँछ । हामी पार्टी सभापतिलाई सम्पूर्ण रुपमा सहयोग गर्छौं ।’

उनले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई पनि अब गुटको सभापति होइन, सिंगो काँग्रेसको सभापति बन्न सुझाव दिए । उनले अब बालुवाटार र बूढानीलकण्ठमा गुटको बैठक बस्नेछैन भन्ने अपेक्षा आफूले गरेको बताए ।

उनले भने, ‘पार्टी सभापतिको गुट हुनुहुन्न । डा। शेखरको नेतृत्वमा हामीले सभापतिलाई गुटभन्दा माथि उठ्न दबाब सिर्जना गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्