काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना कामु एसएसपीले बढुवा भएको तीन सातापछि फुली लगाउने अवसर पाएका छन् । सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनालले बुधबार एसएसपी भएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवरलाई दज्र्यानी चिन्ह लगाइएको हो । एसएसपी बढुवाका लागि न्यूनतम अवधि नपुगेपछि उनीहरुलाई कामु दिइएको हो । उनीहरुमध्ये कँडेलबाहेक सबै सशस्त्रको सिसं २ का अधिकृत हुन् ।
गृहमन्त्रिस्तरको मंसीर १३ गतेको निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका थिए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पु¥याएको योगदानकोसाथै कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे । बढुवा हुनुभएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित रुपमा कृयाशिल रहन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिएका छन् ।