Logo
Logo

काठमाडौं-दोहाको उडान संख्या बढाउँदै निगम


189
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दोहाको उडान संख्या बढाउने भएको छ । निगमले दिउँसोको समयमा साताको चारवटा उडान थप्न लागेको हो ।

हाल साताको सातवटा नियमित उडान गर्दै आएको निगमले एक सातापछि ११ वटा उडान भर्ने छ । यो गन्तब्यका लागि यात्रुको माग वृद्धि भएसँगै उडान संख्या विस्तार गरेको निगमले जनाएको छ ।

निगमका एक पदाधिकारीका अनुसार सुरुवाती भाडादर ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि निगमले काठमाडौं–दुवई तर्फको उडान संख्या विस्तार गरिसकेको छ ।

निगमले यी दुवै गन्तब्यमा यात्रुको माग अनुसार वाइड बडी र न्यारो बडी दुवै प्रकारका जहाज आवश्यकता अनुसार उडाउने पनि जनाएको छ ।

हाल निगमले दुईवटा एयरबस ३२० र दुईवटा एयरबस ३३० मार्फत दिल्ली, मलेसिया, कतार, बैंकक, दुबई लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्