Logo
Logo

दुई भोटले हारेका गच्छदारद्वारा पुनः मत गणनाको माग


4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा दुई मतले हारेका विजयकुमार गच्छदारले पुनः मत गणनाको माग गरेका छन् । उनले पुनः मत गणना गर्न निर्वाचन समितिलाई गुहारेका हुन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्