Logo
Logo

नेपालबारे एमसीसी बोर्ड बैठकमा समीक्षा


693
Shares

काठमाडौं । अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्ड बैठकमा नेपालमा एमसीसी प्रगतिबारे समीक्षा भएको छ ।

अमेरिकामा बुधबार एमसीसीको बोर्ड बैठक बसेको थियो । उक्त बैठमा एमसीसी,नेपाल कम्प्याक्टको हालसम्मको प्रगतिबारे छलफल भएको हो ।

नेपालको समीक्षा गर्दै निकट भविष्यमा ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखेको त्रैमासिक बोर्ड बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

हालै प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाललाई एमसीसी संसदमा लैजाने तयारी गर्न निर्देशन दिएको समाचारहरूमा जनाइएको छ ।

एमसीसी बोर्ड बैठकले बेलिज र जाम्बियालाई पाँच वर्षे अनुदान सहयोग कार्यक्रमका लागि छनोट गर्ने निर्णय गरेको छ । एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमुद बाहले भनेका छन्, ‘म बेलिज र जाम्बियालाई सहयोगकोे घोषणा गर्न पाउँदा उत्साहित छु । हामी गरिबी घटाउने तथा दिगो र समावेशी आर्थिक वृद्धिलाई सफल बनाउने कार्यक्रमहरु सँगसँगै गर्न तत्पर छौं ।’

प्रतिक्रिया दिनुहोस्