Logo
Logo

प्रिमियर लिग : आर्सनलले वेस्ट ह्याम युनाइटेड २ गोलले हराएको


630
Shares

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गोलले हराएको छ । आज बिहान भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित वेस्ट ह्याम विरुद्ध आर्सनलले दुई गोल गरेको हो।

जितसँगै आर्सनल शीर्ष चारमा पुगेको छ । आर्सनलका लागि खेलको ४८औँ मिनेटमा गाब्रियल मार्टिनेली र ८७ औँ मिनेटमा इमिल स्मिथ रोवीले गोल गरे ।

आर्सनलको १७ खेलमा २९ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलमा ३७ अङ्क छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अङ्क छ ।

त्यस्तै आज बिहान भएको खेलमा ब्राइटनलाई उल्भ्सले १–० ले हराएको छ भने क्रिस्टल प्यालेस र साउथह्याम्टनले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्