Logo
Logo

नेपाललाई जर्मन सरकारद्वारा ४१ लाख डोज कोभिडविरुद्धको खोप सहयोग


756
Shares

काठमाडौं । जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले खोप उपलब्ध गराएको हो ।

जर्मन सरकारले नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो ।

कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको निरन्तरताका रुपमा खोप सहयोग प्रदान गरिएको हो ।
नेपालका लागि कार्यवाहक जर्मन राजदूत डा. स्टेफन रुसेकले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्ने बताउँदै यस महामारीको सुरुवातदेखि नै जर्मनीले बहुपक्षीय मञ्च एसीटी–ए÷कोभ्याक्ससँग सहकार्य गरेको बताए ।

डा. रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्